Thursday, June 13, 2024

दुई देशका परिचयपत्रसहित सप्तरीबाट एकजना पक्राउ

पछिल्लाे समाचार


सप्तरी,९ भदौ//
दुई देशका परिचयपत्र फेला परेपछि सप्तरीबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

छिन्नमस्ता गाउँपालिका—२ का प्रमोदकुमार मण्डललाई नेपाली नागरिकता, मतदाता परिचयपत्रका साथै भारतीय आधार कार्ड फेला परेपछि अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ।

अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट २०६२ साल भदौ १७ गते उनले लिएको नागरिकता प्रमाणपत्र नम्बर ६६७३ छ ।

जन्म मिति २०४६ साल जेठ २३ गते रहेको उनको मतदाता परिचयपत्र नम्बर ०६७४५८७४ रहेको छ ।

उनीसँग भारतको आधार कार्डमा भारतीय ठेगाना पिप्रा खुर्द विष्णुपुर–६ सुपौल सरायगढ भपटियाही बिहार ८५२१०५ उल्लेख रहेको छ भने दुवै परिचयपत्रमा करिब एकवर्ष उमेर फरक देखिएको सप्तरी प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु