Wednesday, May 22, 2024

धनुषाबाट छिटो काम गराईदिने भन्दै रकम ठगि गर्ने तीन जना पक्राउ

पछिल्लाे समाचार

धनुषा,२ भदौ //
प्रशासनमा छिटो र छरितो काम गराईदिने भन्दै रकम ठगि गर्ने तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ३६ वर्षीय गुड्डु पुर्वे, वडा नम्बर १० बस्ने ५० वर्षीय विजयकुमार साह र वडा नम्बर १ बस्ने ३५ वर्षीय विजय मण्डल रहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको जिल्ला प्रशासन कार्यालय धनुषा पुग्ने सेवाग्राहीलाई छिटो काम गराइदिने भन्दै रकम माग्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको धनुषा प्रहरीले जानकारी दिएको छ।

उनीहरु तीनैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु