Wednesday, May 22, 2024

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु ,एकजना घाइते

पछिल्लाे समाचार


धनुषा,९ भदौ //
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ,अर्का एकजना घाइते भएका छन्।

मंगलबार मिथिला नगरपालिका ४ पुष्पलपुरमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २ ०१ ००१प ८५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पछाडि सवार श्रीमती सडकमा लडेपछि विपरित दिशाबाट जाँदै गरेको बा. ५ ख. ६०८७ नम्बरको हायसले किचिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका १२ बस्ने २९ वर्षिया ममता यादव रहेका छन्।
यस्तै घाइते हुनेमा उनकै श्रीमान मोटरसाइकल चालक ३५ वर्षिय द्वारिका प्रसाद यादव रहेको प्रहरीले जनाएको छ ।
सडकमा रहेको खाल्डोको कारण दुर्घटना भएको भन्दै स्थानीहरूले पूर्वपश्चिम राजमार्ग केहि बेर अवरूद्ध गरेका थिए ।
मृतकको शव उठाउने क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले भीड नियन्त्रण गर्न १९ राउण्ड अश्रुग्यास र २ राउण्ड हवाई फायर प्रहार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु