Friday, June 21, 2024

नगर प्रमुख सरावगीद्वारा रक्तसञ्चार केन्द्रलाई फ्रिज प्रदान

पछिल्लाे समाचार


पर्सा ,३ भदौ //
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र पर्सालाई वीरगञ्ज महानगरपालिकाले फ्रिज प्रदान गरेको छ।
नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेललाई महानगरका प्रमुख बिजयकुमार सरावगीले फ्रिज हस्तान्तरण गरेका हुन् ।
३ सय ५० युनिट रगत भण्डारण क्षमता भएको फ्रिज ४ लाख ७५ हजार रुपैयाँमा खरिद गरिएको हो।
रक्त सञ्चार केन्द्रमा रहेका सामान्य फ्रिजमा रगत भण्डारण गर्दा रगत डल्लो परेर खेर जाने समस्या रहेको थियो। वार्षिक ४/५ सय युनिट रगत डल्लो परेर खेर जाने गरेको सभापति कँडेलले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु