Saturday, October 12, 2024

नदि तटिय क्षेत्र तथा डुवान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

पछिल्लाे समाचार

रौतहट २९ साउन ///
जल तथा मौषम बिज्ञान बिभाग का अनुसार शुक्रबार बारा जिल्ला आसपासमा भारी वर्षा हुने जनाएको छ ।
साउन २९ गते बिहान ४ बजे बाराको परवानीपुर,कलैया र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ । त्यस क्षेत्र मा थप बर्षा हुने पूर्वानुमान छ ।
सो क्षेत्र मा रहेर बग्ने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा बसोबास गर्नेहरु लाई सतर्कता अपनाउन बिभागले सुचित गरेको छ ।
रौतहटको चन्द्रपुर आसपासमा बिहिवार देखि नै हल्का तथा भारी वर्षा भैरहेको छ ।गरुडामा पनि रातिदेखी नै पानी परिरहेको छ ।

रौतहटका सिडीओ इन्द्रदेव यादवले तटिय तथा डुवान भैइरहने क्षेत्रमा बसोवास गर्नेहरु सतर्क रहन आग्रह गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु