Wednesday, May 22, 2024

नया दल दर्ता गर्न ठाकुर पक्ष आयोगमा

पछिल्लाे समाचार

काठमाडौ २ भदौ / जसपा नेपालका महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेको छ ।

राष्ट्रपति विद्या देवी भण्डारीद्वारा सरकारको सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपा नेपाल फुट्न लागेको हो ।
ठाकुरको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरिएको छ । चुनाव चिन्ह साइकल राख्न लागिएको जनाइएको छ ।
सो पक्षले १२ सासद र २४ केन्द्रीय सदस्य रहेको दावी गरेको छ ।
निर्वाचन आयोगमा महन्थ ठाकुर, राजेन्द्र महतो लगाएतका नेता दल दर्ताका लागि पुगेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु