Tuesday, September 17, 2024

निर्दोष व्यक्तिलाई फसाउन खोज्ने २ जना पक्राउ ,२ प्रहरी निलम्वित

पछिल्लाे समाचार

रौतहट,८ भदौ //
निर्दोष व्यक्तिको मोटरसाईकलमा लागूऔषध राखी फसाउन खोज्ने २ जनालाई पक्राउ गरिएको छ। साथै गैरव्यवसायिक काम गर्ने दुईजना प्रहरीलाई निलम्बन गरिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले गत साउन ३२ मा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको स्वीकारेको छ। तर यसमा नेपाल पत्रकार महासंघ रौतहट शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले भने, ‘नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीद्वारा धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ ।’ उनले भने त्यसपछि शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएका थिए ।

अपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा पक्राउ गरी ६ दिन म्याद थप गरिएको उनले बताए ।लागूऔषध राखिदिएर पक्राउ गराइएको सीसी टीभी फुटेज सार्वजनिक भएपछी अनुसन्धान शुरु गरिएको थियो ।
अनुसार गैरव्यवसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु