Thursday, September 12, 2024

नुनथरमा पर्यटकको फोटो खिचेर आम्दानी

पछिल्लाे समाचार

रौतहट २९ साउन । चन्द्रपुर १ मा रहेको नुनथरमा आगन्तुकहरुको फोटो खिचेर दुइजना युवाले राम्रो आम्दानी गरीरहेका छन । पर्यटकीय तथा धार्मिक स्थल नुनथरक्षेत्रमा घुम्न आउने हरुको फोटो खिचेर २७ वर्षिय अमृत घिसिङ्ग र २४ वर्षिय सुरज मगरले दैनिक एक हजार देखि १५ सयसम्म र बढिमा ५ देखि ६ हजार सम्म कमाउँदै आएका छन । चितवनको नारायणी नदिको किनारमा केही युवाहरुले फोटो खिचेर राम्रो आम्दानी गरेको देखेपछि आफ्नै घर छेउमा रहेको नुनथर घुम्न आउने पर्यटकको फोटो खिच्न पाए त कमाइ हुन्थ्यो कि भन्ने लागेर काम शुरु गरेको उनीहरु बताउछन । ९० हजार तिरेर सेकेन्ड ह्याण्ड क्यामेरा किनेर २ महिना अघिदेखि उनीहरुले नियमित फोटो खिच्ने काम सुरु गरेका छन । एउटा फोटो खिचेको २० रुपैया लिन्छन । फोटो खिचिसकेपछि त्यसलाइ एडिट गरेर सम्बन्धित व्यक्तिको मोवाइलमा पठाउछन । टिकटक भिडियो पनि उनीहरुले खिचिदिन्छन र त्यसको ५० रुपैया लिने गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु