Monday, June 24, 2024

नुनथर जाने नहरमा बोलबम बोकेको जीप दुर्घटना

पछिल्लाे समाचार

रौतहट २५ साउन ///सोमवार बिहान बलेरो पिकअप गाडी नुनथर नजिकै नहरमा दुर्घटना भएको छ ।
दुर्घटनामा एक जना तिर्थालुको ज्यान भएको छ ।केही घाइते भएका छन ।
बिहान करीव साढे ४ बजे रौतहट चन्द्रपुर १ नुनथर जाने बाटो को नहरमा दुर्घटना भएको हो ।
बारा जिल्लाबाट बोलबम आएर बाग्मतीनदिबाट जल बोकी फर्कने क्रममा ना ५ च ३१६६ नं. बलोरो पिकअप नुनथर जाने बाटोको नहरमा अनियन्त्रित भई अन्दाजी ५० मिटर तल प पल्टिदा छ ।
सो गाडीमा सवार २० जना तिर्थालुहरु मध्ये १ जना बारा गढिमाई न.पा. वस्ने अन्दाजी वर्ष ४५ कि मिना देवी कोईरीको मृत्यू भएको छ भने एक जना महिला हराइरहेको बताईएको छ । हराइरहेका महिला को खोजी भैरहेको र कसैले देखेमा खवर गरीदिन प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीले १८ जना नहर बाट उद्धार गरेको छ । सो गाडीमा सवार ५ जना घाईते भई चन्द्रपुर मा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु