काठमाडौ ९ भदौ / निर्वाचनमा आयोगले नेकपा एकीकृत समाजवादी पार्टीको दल दर्ताको प्रमाणपत्र दिने भएको छ।
बुधवार आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी ले बुझाएको निवेदनमा प्रस्तावित संघीय सांसद र केन्द्रीय सदस्यहरुको सनाखत सकिएको छ ।
नेपाल पक्षका दुवै सदनका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत भएको छ। आजै आयोगले दल दर्ता भएको प्रमाण पत्र दिने जनाइएको छ ।