Friday, June 21, 2024

नेकपा एमाले युवा नेता गुप्ताको व्यक्तिगत खर्चबाट बहुअरीमा बाटो मर्मत

पछिल्लाे समाचार


बारा,१४ भदौ //
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुअरीमा नेकपा एमालेका युवा नेता उमेश गुप्ताले व्यक्तिगत खर्चमा बाटो मर्मत गरेका छन्।
वडाको बाटो मर्मत गर्न गाँउपालिकालाई पटक पटक भनेपनि गाँउपालिकाले चासो नदेखाएपछि पछि युवा नेता गुप्ताले आफनो व्यक्तिगत खर्चबाट बाटो मर्मत गरेका हुन्।
बाटो मर्मत नहुदा बर्षायाममा स्थानियलाई निकै समस्या हुने गरेको युवा नेता गुप्ताले बताए ।
निर्वाचित जनप्रतिनिधिले बाटो मर्मत गर्न आलटाल गरेपछि आफै बाटो मर्मत गरेको उनले बताए ।
बाटो मर्मत पछि आवात जावातमा सजिलो भएको स्थानियले बताएका छन् ।
यसअघि पनि गुप्ताले गाँउपालिकाको बिभिन्न टोलहरुमा समाजिक कार्य, सरसफाई ,बाटो निर्माण जस्ता कार्य गर्दै आएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु