Friday, June 21, 2024

नेपालमा ६ लाख ७७ हजार बढी कोरोना संक्रमण मुक्त

पछिल्लाे समाचार

काठमाडौं, २८ साउन /// पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर १० हजार ६ जनाको आरटी–पीसीआर गर्दा २ हजार ४ सय ७३ जना र ४ हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७७ जना गरी ३ हजार २ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७ लाख २५ हजार ७ सय ६९ जना पुगेको छ ।

एकैदिन संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ, कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार २ सय १२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २ सय ९४ जना संक्रमित निको भएका छन् ।
कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ जना पुगेको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १ सय ८० जना छ । ३८ हजार १ सय ८० जना आइसोलेसन छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु