Monday, June 24, 2024

नेपाल तेक्वान्दो संघ सर्लाहीको नयाँ नेतृत्व चयन

पछिल्लाे समाचार


सर्लाही,३० साउन //

नेपाल तेक्वान्दो संघ सर्लाहीको अध्यक्षमा खड्गबहादुर सापकोटा (बद्री) चयन भएका छन् ।

यस अघिको कार्यकालमा समेत अध्यक्ष रहेका सापकोटा पुन अध्यक्षमा चयन भएका हुन् ।

शनिवार लालबन्दी नगरपालिका–१, नवलपुरमा सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्षमा स्रिष्टी घिमिरे र सन्तोष देवकोटा चयन भएका छन् ।

यस्तै सचिवमा संस्कार साह ,सहसचिवमा जीतबहादुर लामिछाने दीपककुमार श्रेष्ठ कोषाध्यक्षसहित अन्य सदस्यहरु रहेका छन् ।

नगरपालिकाका मेयर मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशनको उद्घाटन गरी सर्वसम्मत् रुपमा नयाँ नेतृत्व चयन गरिएको सर्लाही जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष दीपक कुमार श्रेष्ठले जानकारी दिएका छन्।

नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य गुरु प्रसाद गौतम, प्रदेश प्रतिनिधि राजकुमार लामा, प्रदेश उपाध्यक्ष लक्ष्मण भण्डारी, तेक्वान्दोका प्रशिक्षक तथा खेलाडीलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु