Monday, June 24, 2024

पत्रकार पक्राउ प्रकरणमा मुस्लिम आयोगको चासो

पछिल्लाे समाचार

रौतहट ६ भदौ /लागुऔषध मुद्दामा फिल्मी शैलीमा फसाइएका रौतहटका पत्रकार मो. मोजिबुल्ला को घटना बुझ्न मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी रौतहट आएका छन ।
घटना को शुरुआत देखिनै घटना बारे चासो राख्दै आएका अन्सारी पीडित परिवारको आग्रहमा जिल्ला प्रहरी कार्यालय रौतहट पुगि डिएसपी नारायण प्रसाद चिमोरिया लाई भेटेर घटना बारे यथार्थ जानकारी िलएका छन ।
अध्यक्ष अन्सारीले थुनामा रहेका पत्रकार मो. मोजिबुल्ला लाई भेटेका छन ।
संचारकर्मी संग कुरा गर्दै अध्यक्ष अन्सारीले ” घटना एकदमै दु:खद रहेको तथा निर्दोष लाई न्याय दिलाउन नेपाल पत्रकार महासंघ रौतहटले खेलेको भुमिका सहरानिय रहेको बताए ।
सत्य हैरान हुन सक्छ हार्न सक्दैन भन्दै प्रहरी आफ्नो तरिकाले अनुसन्धान गरि रहेकोले निर्दोषलाई न्याय र दोषीलाई सजाय पाउने मा आफू विश्वस्त रहेको समेत उनको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु