Thursday, June 13, 2024

पर्साको एक विधालयका छात्राहरुलाई साईकल वितरण

पछिल्लाे समाचार

पर्सा ,५ भदौ//
पर्साको एक विधालयका छात्राहरुलाई साईकल वितरण गरिएको छ। जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ३ नगरदाहास्थित श्री महाबिर साह माद्यामिक विद्यालयका ५५ जना छात्राहरुलाई साइकिल वितरण गरिएको हो। प्रदेश २ सरकारको “बेटी बचाउ, बेटी पढाउ कार्यक्रम” अन्तर्गत विद्यालयमा अध्ययनरत ५५ जना छात्राहरुलाई साईकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक अजय यादवले बताएका छन्। साइकल वितरण कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, केन्द्रीय परिषद् सदस्य बिपिन यादव, जसपा बहुदरमाई नगर अध्यक्ष सिँहासन साह तेली लगायतको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु