Saturday, March 2, 2024

पानीमा डुबेर सप्तरीमा एक बालिकाको मृत्यु

[sharethis-inline-buttons]

पछिल्लाे समाचार


सप्तरी,९ भदौ //
खेतमा जमेको पानीमा डुबेर सप्तरीमा एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका-१० ईनर्वा बस्ने रामलखन खंगको अढाइ वर्षकी छोरी अञ्जलीकुमारी मण्डल रहेका छन्।

बुधबार बिहान उनको घरदेखि २ सय मिटर उत्तरमा रहेको स्थानीय कमल मण्डलको खेतको छेउमा रहेको खाली जग्गामा जमेको पानीमा डुबेर अञ्जलीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृतक बालिकाको आमाले शव डुबेको अवस्थामा देखेपछि पानीबाट बाहिर निकालेको सप्तरीका प्रहरी प्रवक्ता तथा डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु