Friday, June 21, 2024

पिकअप दुर्घटनामा एकजनाको मृत्यू,२५ भन्दा बढी घाइते

पछिल्लाे समाचार

 सर्लाही २२ साउन /// लालबन्दीमा  पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ ।
शुक्रवार भएको दुर्घटनामा  २५ जना भन्दा बढी घाईते भएका छन् ।
फुटबल  खेलाडी बोकेर परवानिपुरतर्फ जाँदै गरेको  प्रदेश–२–०३००१ च ०८४६ नम्वरको पिकअप भ्यान लालबन्दी नपा –६ मा   दुर्घटना भएको हो ।
  दुर्घटनामा लालबन्दी नगरपालिका–९, बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिएका छन ।
दुर्घटनामा गम्भीर घाईते भएका अन्य ६ जनालाई  उपचारका लागि वीरगन्ज र भरतपुर लगिएको छ ।
सामान्य घाईते २० जना भन्दाबढी  को  लालबन्दीको गढिमाई र मोडेल अस्पतालमा उपचार प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु