Wednesday, October 9, 2024

पुजारीको हत्या आरोपी वडा अध्यक्ष धरौटीमा रिहा

पछिल्लाे समाचार

रौतहट २९ साउन// खेसरहियाटोलमा रहेको हनुमान मन्दिरका ६५ बर्षिय पुजारी श्रीराम साहको हत्याको आरोप लागेका वडाध्यक्ष शेख नरुल्लाहलाइ जिल्ला अदालत रौतहटले धरौटीमा छाडेको छ ।
देवाहि गोनाहि नपा २ का वडा अध्यक्ष शेख नुरुल्लाह लाई जिल्ला अदालतले २ लाख धरौटीमा छाडेको हो । उनी सिधै अदालत मा हाजिर हुन गएका थिए । एकसाता अघि उनी घरौटीमा छुटेका हुन । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भने फरार सुचिमा रहेको व्यक्ति धरौटीमा छुटेको सुनेका छौ ।
उनी छुटेपछि अदालत परिसर मै अविरमाला गरीएको थियो । गाउमा पनि डिजे बजाएर शुसियाली मनाएको स्थानियले जनाएका छन । धरौटीमा छुटेका वडा अध्यक्षले आफुलाइ राजनैतिक पुर्वाग्रह मा फसाउन खोजेको प्रतिकृया दीएका छन ।
एक जना धरौटीमा २ जना पुर्पक्षमा र ४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गएको भदौ ३ गते राति माधवनारायण नपाको खेसरहिया टोलमा करिब पौने ९ बजे मन्दिर परिसरको फुसको छाप्रो अगाडी खाना खाइरहेका पुजारीको हत्या भएको थियो ।
हत्या भएको डेढ सातापछि प्रहरीले हत्यामा संलग्न देवाही गोनाही–१ करुनियाका ३६ बर्षिय राम नरेश राउत पटेल र २८ वर्षिय बालकुमार पटेल लाइ पक्राउ गरेको थियो ।
अनुशन्धानको क्रममा उनीहरुले पुजारीको हत्या स्विकार गरेको त्यस बेला प्रहरीले जनाएको थियो ।
पक्राउ परेका दुवै जनाले बयानमा वडा अध्यक्ष नुरुल्लाहको नाम बताएको प्रहरीले जनाएको थियो ।
मस्ताज देवान, रामप्रवेश राउत कुर्मी, मोहम्मद कासिम र राजेन्द्र राउत कुर्मीको समेत संलग्नता खुलेको प्रहरीले जनाएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु