Friday, May 24, 2024

पेस्तोल र गोलीसहित सर्लाहीबाट दुई जना पक्राउ

पछिल्लाे समाचार

सर्लाही,९ भदौ //
नलकटुवा पेस्तोल र गोलीसहित सर्लाहीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही प्रहरीका प्रबक्ता माधव प्रसाद बुढाथोकीका अनुसार मंगलबार सर्लाहीको नयाँ रोडबाट बरहथवातर्फ जादै गरेको बिआर ३० जे–३०८० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पेस्तोल र सो पेस्तोलमा प्रयोग हुने ३ राउन्ड गोली बरामद भएको हो।

पक्राउ पर्नेमा बागमती नगरपालिकाको वडा नम्बर ८ बस्ने अरुण लामा र अगबर अन्सारी रहेका छन्।

मोटरसाईकलको लेगार्डमा राखिएको हरियो रंगको कपडाको झोलाबाट पेस्तोल र गोली बरामद भएको सर्लाही प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु