Thursday, June 13, 2024

पेस्तोल सहित एक जना पक्राउ

पछिल्लाे समाचार

रौतहट ६ भदौ / गोली लोड गरिएको पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका ११ ठुलो पल्सी बस्ने ३० वर्षिय समसुद्धिन अन्सारी रहेका छन् ।
शनिबार विहान साँढे ११ बजेको समयमा समसुद्धिन र उनका दाजु ४५ वर्षिय गनी अंसारीबीच बादविवाद भई झगडा भएको जानकारी पाएर पुगेको प्रहरीको टोलीले झगडा छुट्याउने क्रममा समसुद्धिनले कम्मरमा भिरेको अवस्थामा पेस्तोल फेला पारेको हो ।
प्रहरीका अनुसार पेस्तोलमा एक राउण्ड गोली समेत लोड छ ।
उनीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु