बिरगज १५ भदौ । नेपाल उद्योग वाणिज्य महासंघले प्रदेश २ मा पर्यटन प्रर्वधनका लागी गतिविधिहरु बढाउने योजना बनाएको छ ।
वीरगन्जमा बसेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ को बैठकले पर्यटन प्रर्वधनका लागी निर्णयहरु गरेको छ ।
प्रदेश २ मा भारतीय पर्यटक भित्रयाउनका लागि सहज वातावरण बनाउन कार्यक्रम गर्ने, सीमामा हुने समस्यालाइ सहज बनाउने , सिमरादेखि पोखरासम्मको हवाईसेवा संचालन लाइ व्यवस्थित र स्थायित्व का लागी आवश्यक पहल गर्ने , उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ को पर्यटन तथा हवाई यातायात समितिका सहसंयोजक संजय अग्रवालले जानकारी दिएका छन ।
प्रदेशमा रहेको पर्यटकीय स्थलहरुको पहिचान तथा व्यवस्थापन गर्ने, पर्यटकस्थलहरुमा भारतीय पर्यटकहरुको सहजताका लागी ट्याक्सी र अटो लगाएतका चालकहरु लाइ तालिम दिने ।
सीमामा रहेको सुरक्षाकर्मीहरु संग पर्यटकलाइ सहज रुपमा आवतजावतका लागी अन्र्तकृया गर्ने समेत छलफल भएको छ ।
उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठको अध्यक्षतामा बसेको बैठकमा नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स नाटाका प्रदेश २ का अध्यक्ष मोहन शर्मा, वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल , उधोगीहरु ,लागएतको सहभागीता रहेको थियो ।