Friday, February 14, 2025

प्रदेश २ मा लागूऔषध कारोवारी बढ्दै

पछिल्लाे समाचार

रौतहट, ११ भदौ //

प्रदेश २ का विभिन्न जिल्लाबाट लागूऔषध कारोवारमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन्। प्रहरीले महोत्तरीबाट २, बाराबाट २ र सिरहाबाट ३ गरि ७ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–६ का १८ वर्षीय मञ्जीत महरा र सिन्धुलीको कमलामाई नगरपालिका–१३ का २३ वर्षीय सुवास बुढाथोकीलाई प्रहरीले औरहीनगरपालिका–४ कठुधारस्थित सम्सी गौशाला सडक खण्डबाट पक्राउ गरेका हुन् । महराको साथबाट ३० थान र बुढाथोकीको साथबाट १५ थाननाईट्राभेट ट्याबलेट प्रहरीले बरामद गरेका छन् l प्रदेश २–०२–००१ ह १५२४ नम्बरको अटो गाडीलाई रोकेर चेकजाँच गर्दा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश बिष्टले जानकारी दिएका छन् । त्यसैगरि, बुधवार नै प्रहरीले बाराबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका–१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्षीय बाबुराम वाइबाले पथलैयाबाट ना ४६ प ५९३१ नम्बरको मोटरसाइकलमा १५ किलो गाँजा लिएर जादै गर्दा उनीहरुलाई पक्राउ गरिएको थियो । त्यसैगरि, सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई बुधवार नै पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा लहान नगरपालिका २४ मनिकदह बस्ने १८ वर्षीय मनदिप विश्वकर्मा, वडा नम्वर ५ निवासी ५२ वर्षीय रामदेव यादव र सोही ठाउँका २५ वर्षीय दीपेन्द्र यादव रहेका छन् । उनीहरुलाई लहान नगरपालिका ५ बाट ८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । त्यसैगरि, १ भदौमा पनि धनुषा प्रहरीले १ सय २० किलो गाँजासहित एक युवालाई पक्राउ गरेको थियो । जनकपुरधामको मुरलीचोकबाट प्रहरी गाडीहरुलाई चेकजाँच गर्ने क्रममा हेटौडा उपमहनगरपालिका– १९ बस्ने ३२ वर्षीय बहादुर ब्लोनलाई गाँजासहित पक्राउ गरिएको छ । ब्लोनले बा ५ च १४० नम्बरको पिकअप गाडीमा पानीको टंयाकी भित्र प्लास्टीकमा बेरिएर राखेको अवस्थामा प्रहरीले १ सय २० किलो गाँजा बरामद गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु