Sunday, May 26, 2024

प्रदेश २ मा साढे १४ लाख बिरुवा रोपिदै

पछिल्लाे समाचार

जनकपुर २० साउन //प्रदेश हरित अभियानको शुभारम्भ सगै प्रदेश २ मा साढे १४ लाख विरुवा रोपिने घोषणा भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान २०७८को केहिदिन अघि शुभारम्भ गरेका छन ।
डिभिजन वन कार्यालय धनुषाको आयोजनामा मिथिला नगरपालिका वडा नं.४ बाट मुख्यमन्त्री राउतले बर पिपलको रुख रोप्दै अभियानको शुभारम्भ गरेका छन ।
मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरे लगतै प्रदेशको आठ वटै जिल्लामा एक साथ वृक्षारोपणको शुरुवात भएको छ।
आठ वटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ विरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राम चन्द्र कडेलले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु