Wednesday, May 22, 2024

प्रदेश २ लगायत देशको धेरै स्थानमा वर्षाको सम्भावना

पछिल्लाे समाचार

रौतहट,१२ भदौ //
हाल देशभर सामान्य देखि पूर्ण बदली भईरहेको छ।
आज प्रदेशका केही- केही स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौशम पूर्वानुमान महाशाखाले महाशाखाले जनाएको छ ।
यस्तै राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु