Wednesday, May 22, 2024

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बिश्व हिन्दु परिषद रौतहट शाखाको ज्ञापन पत्र

पछिल्लाे समाचार

रौतहट,१८ श्रावन//
आज आईतवार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बिश्व हिन्दु परिषद रौतहट शाखाले ज्ञापन पत्र बुझाएका छन्। जसपाका बरिष्ट नेता डाक्टर बाबुराम भट्टराईले ट्विटर मार्फत् दिएको हिन्दु विरोधी वक्तव्यको विरोधमा बिश्व हिन्दु परिषद रौतहट शाखाको अध्यक्ष आलोक पान्डेको नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारी यादवलाई ज्ञापनपत्र बुझाइएको हो। जिल्ला प्रशासन कार्यालय रौतहटमा बुझाइएको ज्ञापन पत्रमा भट्टराईले सनातन हिन्दु धर्म विरुद्ध ट्विट गरेको भन्दै भट्टराईलाई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ ।बहुसंख्यक जनताहरुको आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै धार्मिक साँस्कृतिक परम्परा विरुद्ध अभद्र टिप्णी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको ज्ञापन पत्रमा उल्लेख छ । उनीहरुले प्रमुख जिल्ला अधिकारी यादवलाई पत्र बुझाउदैं, हिन्दु आस्था संग खेलवाड गर्ने भट्टराईलाई कडा कारवाही नगरिए देशभरि नै आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।सो ज्ञापनपत्र बुझाउने क्रममा परिषद्का सल्लाहकार द्वय भाग्य नारायण मिश्र तथा (अधिवक्ता) राजीव सिंह एवं परिषद् का युवा संयोजक नन्द भुषण श्रीवास्तव लगायत जिल्ला मुल कमिटी का सदस्य राज भुषण श्रीवास्तव, परिषद् का जिल्ला उपाध्यक्ष रणधीर ठाकुर लगायत संचारकर्मीहरूको विशेष उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु