Sunday, May 26, 2024
No menu items!

बंकुल आउदै गरेको बस चुरेमा पल्टियो चालकको मृत्यू, १० जना घाइते

पछिल्लाे समाचार

बारा ४ भदौ / जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२२ स्थित चुरेमा बस दुर्घटना भएको छ ।
सो सडक खण्डको चुरियामाई ओरालोमा बिहीबार साढे १० बजे काठमाडौँबाट रौतहटको बंकुल आउँदै गरेको बस दुर्घटना भएको हो ।
ना ६ ख ४६४१ नम्बरको बसको ब्रेकफेल हुँदा सोही दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर बस पल्टिँएको हो ।

बसमा सवार यात्रुहरु समेत घाइते भइ उपचारको लागि हेटौडा तर्फ पठाईएको र बसमा २८ जना सवार रहेको बताइएको छ ।
घाइतेहरु मध्ये बस चालक मकवानपुर हेटौडा उ.म.न.पा.८ कमाने का वर्ष ४९ को धर्मराज रेग्मीको उपचारको क्रममा राति नै मृत्यू भएको छ ।
चुरेहिल अस्पतालमा उपचार भइरहेको मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौंडा उ.म.न.प.२ चौकी टोल बस्ने वर्ष ३५ को इन्द्र बहादुर कार्की को दुवै हात खुट्टामा चोट लागेको छ ।
जिल्ला बारा कोल्हवी न.पा.११ बस्ने वर्ष २१ को सुरज चौधरि दाहिने हातमा चोट लागेको , वर्ष २८ को राम प्रवेश रामको खुट्टामा चोट लागेको ,वर्ष ५७ कि देवकी पन्त दाहिने हातको पन्जा काटीएको , यस्तै वर्ष २२ को बिहारीलाल चौधरी –हात,टाउको,मुखमा चोट लागेको अवस्था गम्भीर चितवन रिफर गरिएको छ ।
रौतहट विजयपुर न.पा.१ बस्ने वर्ष ३४ को गान्धी दास – मुखमा चोट हेटौडामा उपचार भइरहेको छ । बारा कोल्हवी न.पा.१ बस्ने वर्ष ३९ को बिरेन्द्र प्रसाद चौधरी को हात,मुखमा चोट छ भने वर्ष १९ को रोहण बहादुर अधिकारी हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु