Monday, June 24, 2024

बन संरक्षण,ब्यवस्थापन तथा वातावरणको अनुशन्धान ,अध्ययन गर्ने लाई सहयोग गर्ने घोषणा

पछिल्लाे समाचार

रौतहट २२ साउन //एक जना बन कर्मचारीले प्रदेश २ काे वन संरक्षण र व्यवस्थापन तथा वातावरण व्यवस्थापन र जलवायू परिवर्तन सम्बन्धि बिषयमा अध्ययन , अनुशन्धान गर्ने लाई सहयोग गर्ने घोषणा गरेका छन ।
रौतहटको चन्द्रपुर ५ घर भइ उधोग पर्यटन बन तथा वातावरण मन्त्रालय प्रदेश २ मा कार्यरत उपसिचव नन्दलाल राय यादवले सामाजिक संजाल मार्फत सहयोग गर्ने घोषणा गरेका हुन ।
प्रदेश २ मा उक्त बिषयहरुमा अध्ययन, अनुसन्धान तथा ईन्टर्म गर्नेहरुलाई सो समय अवधिमा आवास र साँझ बिहानको खाना उपलब्ध गराउने घोषणा गरेका हुन ।
उक्त सेवा निजि घर र डेरा मा दिने जनाइएको छ ।
बारा र पर्साकाे लागि बिरगञ्जमा, राैतहट र सर्लाहीको लागि चन्द्रनिगाहपुरमा तथा धनुषा र महाेतरीकाे लागि जनकपुरमा सेवा उपलब्ध हुने उपसचिव यादवले जनाएका छन ।
साथै अध्ययन, अनुशन्धानको क्रममा परामर्श तथा सहयाेग निशुल्क दिने समेत उनले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु