Wednesday, May 22, 2024

बलेरो दुर्घटनामा हराइरहेकी महिलाको शव फेला

पछिल्लाे समाचार


मुकेश कुमार साह//
रौतहट २८,साउन//
रौतहटको नुनथर नजिकै नहरमा भएको दुर्घटनामा बेपता भएकी महिलाको शव फेला परेको छ ।

गएको सोमवार बिहान बोलबम बोकेको बोलेरो गाडी नहरमा खस्दा बेपता भएकी महिलाको शव बुधवार दिउसो फेला परेको हो।

ना ५ च ३१६६ नम्बरको बलेरो गाडी नहरमा खस्दा बारा जिल्लाको कोल्बी नगरपालिकी ६५ बर्षकी सोनरी देवी मुखिया बेपत्ता भएकी थिइन् ।

उनको शव चन्द्रनिगाहपुर बागमती सडक खण्डको लच्का नजिकै फेला परेको ईलाका इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी लिलाराज लामिछानेले जनाएका छन ।

सो दुर्घटनामा सोही नगरपालिका बस्ने ४५ बर्षकी मिना देबी कोईरीको घटना स्थालमै ज्यान गएको थियो । बारा जिल्लाबाट बोलबम आएर बाग्मती नदिबाट जल बोकी फर्कने क्रममा बलोरो पिकअप नुनथर जाने बाटोको नहरमा अनियन्त्रित भई अन्दाजी ५० मिटर तल पल्टिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु