रौतहट ११ भदौ । बागमतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रको मापन अनुसार बागमती नदिमा बाढी बढेको छ ।
जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटिय क्षेत्रमा बसोवास गर्नेहरू शुक्रबार बेलुका सम्म उच्च सतर्क अपनाउन आग्रह गरिएको छ ।
रौतहट जिल्लाको दुई ठुला नदि बागमती र लाल बकैयामा पानीको सतह बढ्दै गईरहेकोले नदिमा माछा मार्ने, दाउरा टिप्ने जस्ता कार्यहरु नगर्न/नगराउन जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ ।