रौतहट ३२ साउन //बाढी, डुवान र नदि कटानले पिडित बनेका रौतहटका किसान लाई राहत दिन एमाले ले माग गरेको छ ।
सोमवार एमालेका नेताहरुले जिल्ला प्रशासन कार्यलय रौतहटमा माग पत्र बुझाएका छन ।
प्रशासनको टोलीले अनुगमन गर्नु पर्ने , भारतले सिमाना मा लगाएको बाधको बिषयमा दुवै तर्फका प्रतिनिधि ले ततकालका लागि अस्थायी निकास को व्वस्था गर्नुपर्ने , दिर्घकालिन रुमा बाधको समस्या समाधान खोज्नु पर्ने ,धानखेत डुवानमा रहेका किसान लाई प्रतिकठ्ठा ५ हजारका दरले क्षेतिपुर्ती दिन ,चन्द्रपुर ३को अरुणबस्ति को नदि कटान रोक्न , कोरोना महामारी नियन्त्रण प्रभावकारी बनाउन लगाएत जिल्लाका समस्या समाधानका लागि ज्ञापन पत्र बुझाईएको छ ।
जिल्ला अध्यक्ष तुलसी गिरी , पुर्व सभासद हरु बबन सिह, अव्दुल कलाम ,सचिव मनोज यादव , एमालेका नेताहरु किरण साह, राजु धामी , शैलेन्द्र साह लगाएतका नेताहरुको जिल्ला प्रशासन कार्यालयमा उपस्थिति रहेको थियो ।