Wednesday, May 22, 2024

बाराका एक युवक पोखराबाट पक्राउ

पछिल्लाे समाचार


बारा,१५ भदौ//
एसिड ओसारपसार गरेको आरोपमा पोखराबाट बाराका एक युवकसहित अन्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका मीनबहादुर भारती ,बाग्लुङका बल बहादुर बिक र मोरङका केशव सिंह रहेका छन् ।

गोप्य सूचनाका आधारमा कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–४ स्थित गैह्रापाटनबाट ग.३ च ११४३ नम्बरको जिप चालक चितवन बस्दै आएका मिनबहादुर भारती र केशव सिंहको साथबाट १ हजार ३ सय ५० किलो एसिड बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि यसबारे थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु