Monday, May 19, 2025

बारामा एमालेको क्षेत्रिय बिस्तारित भेला सम्पन्न

पछिल्लाे समाचार

बारा २० साउन ///नेकपा एमालेले बाराका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय विस्तारित भेला सम्पन्न गरेको छ ।

क्षेत्र नम्बर १,२ र ३ को विस्तारित बैठक यसअघि नै सम्पन्न गरेको थियो भने मंगलबार निर्वाचन क्षेत्र नम्बर ४ समन्वय कमिटीको बैठक बकुलियामा सम्पन्न गरेको छ ।
पार्टी भित्रको अन्तरविरोध तत्काल समाधान गरी एकताबद्ध पार्टी निर्माणमाका लागि निष्कर्षमा पुर्याउन नेतृत्व संग आग्रह गरेकोछ ।
बैठकमा बोल्दै एमालेका नेता तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले अध्यक्ष ओलीका कारण पार्टीमा समस्या आएको उल्लेख गर्दै नेतृत्वले समस्या समाधान गरेर अगाडि बढनु पर्नेमा जोड दिए ।
बैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य दिनेश कुमार राईले पार्टीमा रहेको समस्या विधिवत रुपमा हल गर्नुपर्ने कुरामा जोड दिए ।

क्षेत्र नम्बर ४ का अध्यक्ष मनोज पौडेलको सभापतित्वमा सम्पन्न बैठकमा प्रदेश सभा सदस्य सिता गुरुङ,एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरी,एमालेका नेता श्रीप्रसाद पासवान,इश्वर ढकाल, बिजेन्द्र चौधरी,बिद्या थापा,मालती कुशवाहा,कौशल किसोर सिंह,सरीता राई, अरुण यादव,रमा गुरुङलगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु