Wednesday, May 22, 2024

बारामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु,७ जना घाइते

पछिल्लाे समाचार


बारा,३ भदौ //
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ पुर्ब पश्चिम लोकमार्ग सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ,भने अन्य ७ जना घाईते भएका छन् ।

काठमान्डौबाट रौतहट तर्फ आउदै गरेको ना.६.ख.४६४१ नम्बरको रात्री बसको ब्रेक फेल भई सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ प.४११ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा पुर्व पश्चिम लोकमार्ग सडकखण्डको चुरियामाई मन्दिर ओरालोमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका बसका चालक हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।

यस्तै घाइते हुनेहरुमा मोटरसाईकल चालक हेटौंडा–२ चौकी टोल बस्ने ३५ वर्षिय ईन्द्र बहादुर कार्की, कोल्हवी नगरपालिका–११ बस्ने २१ वर्षिय सुरज चौधरी, २८ वर्षिय राम प्रवेश राम रहेका छन्। उनीहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको बताइएको छ। कोल्हबी–११ कै ५७ वर्षिय देवकी पन्त र रौतहटको विजयपुर नगरपालिका–१ बस्ने ३४ वर्षिय गान्धी दासको अर्थोपेडिक अस्पताल हेटौडामा उपचार भइरहेको छ । त्यस्तै, कोल्हबी–१ बस्ने ३९ वर्षिय बिरेन्द्र प्रसाद चौधरी र १९ वर्षिय रोहण बहादुर अधिकारीको सन्चो अस्पताल हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु