Monday, April 21, 2025

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

पछिल्लाे समाचार


बारा,१२ भदौ //
१५ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.१८ मोतिसर टोल बस्ने २१ वर्षीय सुजित कुमार साह रहेका छन्।
विगत ८ महिनादेखि १५ वर्षिय बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गर्दै आएको उनीमाथि आरोप छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रका अनुसार बालिका गर्भवती भएको अभियोगमा साहलाई पक्राउ गरिएको हो।
उनलाई जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु