रौतहट २० रौतहट//गौरमा बिमा समितीको एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय निकाय तथा सरोकारवालासँग बीमा सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको समितिका क्षेत्रीय प्रबन्धक देवपुजन प्रसादले जनाएका छन् ।
स्थानिय निकायहरु सँगको कार्यक्रममा बीमा गराउनु्को फाइदा र बेफाइदाका बारेमा निर्देशक दिनेश कुमारले चर्चा गरेका थिए ।
जोखिम रक्षवरण, बचतमा प्रोत्साहन, आश्रित परिवारलाई राहत, कर छुट, रोजगारीको अवसर र देशको अर्थिक उन्नति गर्न बीमाको आवश्यकता रहेका समेत उनले बताए ।
कार्यक्रममा पशुपन्छी बीमा र कृषि बीमाका बारेमा समेत छलफल भएको थियो ।
उधोग बाणिज्य संघको सभाहलमा साहयक निर्देशक दिनेश कुमार लालको प्रमुख उपस्थिती तथा जिल्लामा रहेको सम्पुर्ण इन्सुरेन्स कम्पनिको उपस्थितामा सो कार्यक्रम सम्पन्न भएको हो ।
बिमा समितिले आयोजना गरेको उक्त कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ता, उप नगरप्रमुख किरण ठाकुर, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा लगायत केही वडा अध्यक्षहरु, संचारकर्मी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।