Wednesday, May 22, 2024

बुधवार ४ हजार भन्दा बढी संक्रमित बढे

पछिल्लाे समाचार

काठमाण्डौ २० साउन ///देशभरि बुधबार ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५४ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ ।
एन्टिजेन विधिबाट ४ हजार ९४४ मा परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको छ ।

कुल १६ हजार २९८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।
थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोनाबाट मुक्त भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु