Monday, June 24, 2024

बृन्दाबन क्षेत्रमा बनगस्ति टोली सकृय

पछिल्लाे समाचार

रौतहट १९ असार । रौतहटको बृन्दावन सव डिभिजन वन क्षेत्र मा काठ तत्कारहरु सकृय हुन थालेपछि बनगस्ति बढाइएको छ ।
आईतबार बृन्दावन सव डिभिजन वन कार्यालयको मातहतको वनबाट वन कर्मचारी महाबिर प्रसाद चौधरीको कमाण्डमा खटेका वन गस्तीटोलीले एकजना महिला लाइ पक्राउ समेत गरेको छ ।
रमौली बैरियाकी दुलारी सहनीलाइ पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
आइतवार साल जातको करिव ८ क्युफिट काठ साईकलमा राखेर लैजादै गर्दा उनलाइ पक्राउ गरीएको हो ।
यस्तै सोमबार साझ पनि सो वन कार्यालयको मातहतको वन बाट बेवारिसे अवस्थामा करिब ३ क्युफिट सखुवाको काठ बरामद भएको छ ।
बिगत एक महिना यता बिभिन्न समयमा सो बन क्षेत्र बाट काठहरु बरामद हुदै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु