Monday, December 9, 2024

बैदेशिक रोजगारमा दुवइ गएका रौतहटका ५ जना युवकहरु बिचल्लीमा परेको गुनासो

पछिल्लाे समाचार

रौतहट ३० असार ///बैदेशिक रोजगारीमा दुवइ गएका रौतहटका युवकहरुले आफु ठगिएको बताएका छन ।

उनीहरुले भने अनुसार काम नपाएको र तलव पनि थोरै पाएको गुनासो गरेका छन ।
रौतहटको देवाहीगोनाही नपाको उचिडीटोल घर भएका २६ बर्षिय रधु पासवानले आफु मेनपावर र एजेन्ट बाट ठगिएको गुनासो गरेका छन ।
गएको पुसमा तिनकुनेमा रहेको एकमेनपावर मार्फत एकलाख ६५ हजार तिरेर दुवइ पुगेका ति युवकले चकलेट कम्पनीमा भनेर घर सफागर्ने काममा लगाएको गुनासो गरेका छन ।
शनिवार कलमपाटी संग फोनमा कुरा गर्दै पासवानले भने मासिक १३ सय ५० तलव दिने भनेर लगेको थियो । अहिले महिनाको ८ सय दिने भनेकोमा त्यो पनि पाएको छैन ।

काम गरेको दिन मात्र पैसा हिसाव भएको छ । नेपालबाट जादा एउटा कम्पनीमा काम भनेर दुवइमा अर्कै काम लगाएको उनले बताए ।
सामान्य लेखपढ गर्न सक्ने रधु भने अनुसार काम नपाएपछि के, गर्ने, कसो गर्ने भन्ने चिन्तामा छन । उनी सगै गएका रौतहटकै अन्य चारजना युवक राम दरेश हजरा, लखिन्द्र हजार,शेष मुकदर र असरे आलम पनि चकलेट कम्पनीमा कामगर्न नपाएपछि रधु जस्तै घर सफागर्ने काम गरीरहेका छन । उनीहरुलाइ छुट्टाछुटै स्थानमा घर सफागर्ने काममा लगाएको पासवानले बताएका छन ।
महिनामा ८ सय भनेपनि काम नभएको दिनको पैसा दिदैनन पासवानले पिडा सुनाए । आफुहरु ठगिएकाले सहयोग गरीदिन समेत उनको आग्रह छ ।
उनीहरुलाइ बिदेश पठाउने मेनपावर कम्पनीका स्थानिय एजेन्ट नासीर अन्सारीले पाचैजना भिजिट भिसामा दुवइ गएको बताए ।
११ देखी १२ घण्टा काम गर्नुपर्छ । एकहजार देखी १२ सय सम्म तलव हुन सक्छ भनेको थिए । चकलेट कम्पनी नभए जे काम पनि हुनसक्छ भनेर पहिले नै आफुले उनीहरुलाइ सम्झाएको मेनपावरका एजेन्ट अन्सारीको भनाइ छ । आफुले मेनपावरको नाम बिर्सिएको र उनीहरुले गुनासो गरेजस्तो नभएको समेत उनले दाबी गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु