Sunday, May 26, 2024

महिला फुटबल टिममा रौतहटका नौ जना खेलाडी छनौट

पछिल्लाे समाचार

रौतहट,९ भदौ //
रौतहटका ९ जना महिला फुटवल खेलाडीहरुले राष्ट्रिय टिममा स्थान पाएका छन् ।
अखिल नेपाल फुटबल संघ महिला फुटबल बिभागले छनौट गर्दा रौतहटका ९ जना खेलाडी परेका बताइएको छ ।

रौतहट जिल्लामा नियमित रुपमा प्रशिक्षणमा सहभागि रहदै आएका पुनम जर्घा मगर,रेनुका नगरकोटी ,सबिता राना मगर ,रजनी ठोकर ,रस्मी घिसिङ्ग ,अन्जना राना मगर ,मन्जली योन्जन ,अनिता केसी र निसा ठोकर राष्ट्रिय टिममा पर्न सफल भएका छन् ।
स्वर्गिय शेर बहादुर दर्लामीले आफ्नो प्रयासमा सुरु गरेको महिला फुटबल को प्रशिक्षणमा रहेका अधिकांस खेलाडी राष्ट्रिय टिममा परेका हुन् ।
चन्द्रनिगाहपुरका फुटबल प्रशिक्षक नुरराज काफ्लेका अनुसार राष्ट्रिय टिममा बिभिन्न बिभागिय टोली सहित २३ जनाले खेल्न पाउनेमा रौतहटका मात्र ९ जना छनौट हुनु गर्वको बिषय रहेको बताए ।
राष्ट्रिय टिममा पर्नेहरु सबै रौतहट जिल्लाकै उत्पादन रहेको रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु