Wednesday, May 22, 2024

महोत्तरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु , एक जना घाइते

पछिल्लाे समाचार


महोत्तरी ,८ भदौ //
महोत्तरीमा मोटरसाइकल र तेल ट्यङ्कर ठोक्किदा एक जनाको मृत्यु भएको छ ,भने अर्का एक जना घाइते भएका छन्।
गएराती ज४प २७०० नंको सर्लाहीतर्फ जाँदै गरेको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना३ख ८८०० नंको तेल ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि धनुषा जिल्लाको मिथिला नगरपालिका–३ का ३३ वर्षीय धनपैत महतोको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यस्तै घाइते हुनेमा मोटरसाइकलमा पछाडि बसेको हरिओन नगरपालिका अत्रौलीका १३ वर्षीय नवीन महतो रहेका छन्।

घाइते भएका दुवैलाई तत्काल उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्याएको र चिकित्सकले धनपैतलाई मृत्त घोषणा गरेको बर्दिवासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताएका छन् ।

नवीनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।


मृतक महतोको शव पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको र तेल ट्यङ्कर, त्यसका चालक र मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु