Tuesday, September 17, 2024

माधवनारायण नगरपालिकाका बालबालिकाले पाएनन एक वर्षदेखी बालपोषण भत्ता

पछिल्लाे समाचार


रौतहट,५ भदौ //
रौतहटको माधवनारायण नगरपालिकाले गएको एक वर्षदेखी बालबालिकाले पाउने बालपोषण भत्ता वितरण गर्न सकेको छैन ।

नगरपालिकाले विभिन्न कारण देखाउदै बालपोषण भत्ता वितरणमा ढिलाई गर्दा नगरका सबै वडाका हजारौ बालबालिका बालपोषण भत्ता पाउनबाट बञ्चित भएका छन् ।

विभिन्न बहानामा नगरपालिकाले बालपोषण भत्ता वितरणमा ढिलाई गरेको अभिभावकहरुले गुनासो गरेका छन् ।

विगत एक वर्षदेखी नगरपालिकाले बालपोषण भत्ताको रकम नै निकासा नगरेकोले बालपोषण भत्ता वितरण गर्न नसकेको माधवनारायण नगरपालिका ६ माधोपुरका वडा अध्यक्ष राजीव कुमार यादवले बताएका छन् ।

कोरोना महामारीका कारण अहिले आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको समयमा नगरपालिकाले बालपोषण भत्ता वितरण नगर्दा बालबालिकालाई हुर्काउन तथा लालनपालन गर्न समस्या भइरहेको वडा अध्यक्ष यादवले बताए ।

उनले कोरोना महामारीले विश्म परिस्थितीबाट गुज्रिरहेको अवस्थामा तुरुन्त बालबालिकाको बालपोषण भत्ता वितरण गर्न नगरपालिकालाई आग्रह गरेका छन्।

यता नगरपालिकाका लेखापाल रामबलम यादवका अनुसार पहिला बालपोषण भत्ताको रकम नगद नै भुक्तानी हुँदै आएको थियो।

अव बैंकद्धारा मात्र भुक्तानी गर्न परिपत्र आएकोले उक्त भत्ता वितरणमा अलि ढिलाइ भएको उनले बताए ।
बैंकिंङ काम अलि झन्झटिलो हुने भएकोले भत्ता वितरणका लागि प्रक्रिया पुर्याउन समय लागेको बताउदै लेखापाल यादवले बैंकको काम थोरै मात्र बाकी रहेको र केही दिन भित्रमै एक वर्षको रकम एकमुस्ट बालबालिकाले बैंकबाट नै पाउने बताए ।

यस सम्बन्धमा प्रतिक्रिया लिन नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थलाई फोन गर्दा उनको फोन उठ्न नसकेको बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु