Wednesday, May 22, 2024

माधवनारायण ६ मा पोहोर प्रदेश सरकारले पठाएको राहत अलपत्र

पछिल्लाे समाचार

रौतहट ४ भदौ ।
माधवनारायण नगरपालिकाका ६ का वडा अध्यक्षले एकबर्ष बित्न लाग्दा समेत राहत नबाडेको स्थानियले गुनासो गरेका छन ।

प्रदेश २ सरकारले पठाएको राहत वडा नं ६ का वडा अध्यक्ष राजिव कुमार यादवले बितरण नगरेपछि कुहिन थालेको समेत स्थानीयको भनाई छ।
प्रदेश सरकारले कोरोनाको पहिलो लहरमा गत अावमा नगरपालिका मार्फत वडा कार्यालयबाट पाउने गरी पठाएको खाध्यान्न कुहिने अवस्थामा पुगेको स्थानीय बासिन्दा सिबेन्द्र यादवले बताएका छन ।
वडा अध्यक्ष यादवले आफ्नो सामाजिक संजाल मार्फत राहत सामाग्री एक /दुइ दिनमा वितरण वितरण गर्ने पोष्ट गरेपछि बिहिबार वडा कार्यालयमा स्थानीयको भिड लागेको थियो ।

तीन सय बोरा चामल ,३ सय पोका दाल ,६ बोरा नुन, ३ सय प्याकेट तेल वडा कार्यालयमा रहेको र त्यसको साचो वडा अध्यक्ष यादवले बोकेको वडा सदस्य बिर विपुल साहको भनाइ छ
स्थानीयहरु वडा अध्यक्षले राहत दिने सुनेको भन्दै राहत पाउने आशमा वडा कार्यालयमा जम्मा भएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु