Friday, June 21, 2024

माधव नेपाल समुहलाइ कार्वाही गर्नुपर्छ

पछिल्लाे समाचार

रौतहट २२ साउन /
नेकपा एमालेको रौतहटमा जिल्ला स्तरीय बिस्तारीत बैठक बिहिवार सम्पन्न भएको छ ।
बैठकमा बोल्दै प्रदेश २ का सहईन्चार्ज अच्युत मैनालीले माधव नेपाल समुहले नेकपा एमाले पाटीलाइ धरासायी बनाउदै लगेको बताएका छन ।
सहइन्चार्ज मैनालीले माधव नेपालकै कारण नेकपा एमालेको बहुमतको सरकार ढलेको समेत बताए ।
बैठकमा नेकपा एमाले प्रदेश २ की अध्यक्ष ज्वाला साहले माओवादी नेता र माधव नेपाल समुहका कारण बहुमतको कम्युनिष्ट सरकार ढलेको बताइन ।
अव आउने स्थानीय निर्वाचनलाइ लक्षित गरेर संगठन बिस्तारमा लाग्नका लागी नेता कार्यकर्ताहरु लाइ आग्रह समेत नेता साहले गरेकी छिन ।
नेकपा एमाले रौतहटका अध्यक्ष तुलसीराज गिरीको अध्यक्षतामा भएको बिस्तारित बैठकमा बोल्दै रौतहट ईन्चार्ज लालबाबु यादवले माधव नेपाल समुह लाइ पार्टीले कार्वाही गर्नुपर्ने धारणा राखेका छन ।
सो बिस्तारित बैठकले रौतहटका वडा तथा नगर अधिवेशन गर्ने ,सदस्यता बितरण तथा नविकरण गर्ने निर्णय गरेको छ ।
पालिका स्तरमा संगठन बिस्तारका लागी टोली गठन गर्ने समेत निर्णय भएको छ ।
बैठकमा नेताहरु मणि शंकर निधी,उद्धव रेग्मी लगाएत का नेताहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु