Wednesday, May 22, 2024

युवाहरुले थुपार्दिए उपमहानगरपालिका कार्यालयको गेट अगाडी फोहोर

पछिल्लाे समाचार


बारा,१५ भदौ //
बाराको जितपुर सिमरा उपमहानगरपालिका कार्यालयको गेट अगाडी फोहोर थुप्रिएको छ ।

उपमहानगरपालिकाको कार्यालय अगाडी थुप्रिएको फोहोर नउठाएपछि विरोधस्वरुप स्थानीय युवाहरुले अँझै फोहोर जम्मा गरेर थुपार्दिएको युवाहरु बताउछन ।

उपमहानगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि सडकमा थुपारिएको फोहोर नउठेपछ बाध्य भएर विरोध जनाउँदै उपमहानगरपालिका कार्यालयको गेट अगाडी नै फोहोर थुपारेको स्थानीय युवाहरुले बताएका छन्।

युवा सत्यराज श्रेष्ठका अनुसार उपमहानगरपालिकाका जनप्रतिनीधिहरुलाई दबाद दिने उद्देश्यले सिमरा चोकदेखि आफैले ट्याक्टरमा फोहोर संकलन गरेर कार्यालय अगाडी थुपारिदिएको हो ।

केही दिनदेखि घरायसीदेखि व्यापारिक र स्वासथ्य संस्थाहरुको फोहोर नउठाएपछि सडकमै फाल्दा दुर्गन्ध फैलिएको आवतजावत गर्ने यात्रुहरु बताउँछन् ।

फोहोरको दुर्गन्ध फैलिएर कुनै रोग व्याधीले समेत आक्रमण गर्न सक्ने हुँदा सम्बन्धित सरोकारलालाई दबाब दिन फोहोर संकलन गरेर उपमहानगरपालिकाको गेट अगाडी थुपारिदिएको श्रेष्ठको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु