Thursday, September 12, 2024

राखेपले प्रशिक्षकको राजीनामा प्रकणबारे ५ जनासँग लियो वयान

पछिल्लाे समाचार

काठमाडौं २७,साउन । राष्ट्रिय खेलकुद परिषदको समितिले बुधबार पाँच जनासँग नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकणबारे बयान लिएको छ ।
बुधबार राखेपका बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखे संयोजकत्वको ७ सदस्यीय समितिले एन्फा उपाध्यक्ष कृष्ण थापा र वीरबहादुर खड्का, महासचिव इन्द्रमान तुलाधर, प्रशिक्षक बालगोपाल महर्जन र राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्यायसंग बयान लिएको सदस्य सुवर्णकेशरी श्रेष्ठले जानकारी दिइन् ।
यसअघि मंगलबार समितिले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, केन्द्रीय सदस्य किरण राई र राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङसँग वयान लिएको थियो ।
अब बिहीबार प्रशिक्षक अलमुताइरी, एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ लगायत ६ जनाको बयान लिने कार्यक्रम रहेको छानविन समिति सदस्य श्रेष्ठले जानकारी दिइन् ।
मुख्य प्रशिक्षक अल्मुताइरीले साउन १० गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको र आफूले राजीनामा दिनुपर्नको कारण एन्फा उपाध्यक्ष नेम्वाङ रहेको उल्लेख गरेपछि विवाद शुरु भएको थियो । उक्त विवादमा एन्फाले छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । तर मन्त्रालयले राखेपलाई छानविनका लागि निर्देशन दिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु