Monday, June 24, 2024

राजनैतिक जीवनमा माधव नेपालको ओरालो यात्रा

पछिल्लाे समाचार



-वि वि श्रेष्ठ

शक्ति संघर्षको लामो कोशिशपछि अन्तत नेकपा (एमाले) विभाजित भएको छ । देश र जनतालाई हैन, आफैलाई नै शक्तिकेन्द्रमा राखेर अगाडी वढ्को परिणाम नै हो, एमाले विभाजन ।

एमालेको नवौँ महाधिवेशनवाट केपी शर्मा ओलीसँग पराजित भएको माधव नेपालको कुण्ठा अन्ततः नराम्रो सँग उजागर भएको छ । विधि र पद्धतीको नारा उराल्ने माधव कुमार नेपाल नेकपा एकीकृत (समाजवादी) गठन गरेर सत्तामोहको पराकाष्ट पस्तुत गरेका छन् ।

पार्टीको कार्यदिशा, विचार र संगठानिक रुपमा जवजको चर्को वकालत गर्दे आएको माधव नेपालको नव गठित पार्टीको मुख्य कार्यभार समेत प्रष्ट नहुनाले समेत माधव कुमार नेपाल के चाहन्छ भन्ने पुष्टि भएको छ ।

नवौँ महाधिवेशनवाट पराजित माधव नेपालको कुष्ठाले पार्टी र जनतालाई कहाँ पुर्यायो ? फगत केपी शर्मा ओलीलाई अध्यक्ष स्वीकार गर्न नसक्ने नेपाल आफुलाई केन्द्रभागमा राख्नका लागी गरिएको तिकडमले अन्तत नेकपा एमालेको कार्यकर्तालाई नै विभाजित बनायो । हारेर पनि अध्यक्ष वन्नुपर्ने सोच, आफुमात्र सवल भन्ने आत्मरतिले आफ्नै पार्टीको वहुमतको सरकारलाई प्रतिपक्षमा पुर्यायाे ।

विमती र असहमति पार्टीका विधान, कार्यशैली र संगठनमा हुन्छ, न कि व्यक्तिमा । एमाले आफैमा साधन हो, साध्य होईन, यो आफैमा क्रियाशिल रहन्छ, व्यक्तिको नेतृत्व समयचक्रसँगै फेरवदल हुन्छ भन्ने समेत यथार्थलाई आत्मासात नगरेका माधव घर जलाएर खरानीको व्यापार गर्न उद्यत भईरहेका छन । ओली नवौ महाधिवेशनवाट निर्वाचित अध्यक्ष हुन्, त्यो पद कसैले चाहदैमा प्राप्त गर्न सक्ने हुदैन ।

विधिसम्मत तवरवाट निर्वाचित अध्यक्षलाई हटाएर आफै अध्यक्ष हुनका लागी गरिएको तिकडम क्षम्य हुन सक्दैन । अर्को महाधिवेशनवाट पुन अध्यक्षमा निर्वाचित हुन सकिने वाटो हुदाँहुदै पनि रोदनवाट प्राप्तिको आश गर्नुले पनि नेपालको विधि र पद्धती पुष्टि हुन्छ ।

नयाँ गठन गरिएको पार्टी नेकपा एकीकृत(समाजवादीका)को अवको वाटो के ? नेतृत्व समेत प्रष्ट भईनसकेको अवस्थामा नेपालको नेतृत्व गरेको पार्टी अन्तत लामो समय चल्न नसक्ने निश्चित छ ।

अवसर पटक पटक प्राप्त हुँदैन । ओलीले पार्टीमा निरंकुशता लादे, आफनोलाई च्यापे, गर्नुसम्मको अपमान गरे, तर त्यसका लागि वैचारिक लडाई जायज हुन्थ्यो । संगठन र पार्टीमा लामो समय नेतृत्व गरेका नेपाल हारेर पनि अध्यक्ष चाहिने सोचले अन्तत आफनो ईतिहास नै कलंकित बनाए ।

किनकी नेपालको राजनितीमा फुटेर गएको पार्टीले जनाधार तय गरेको ईतिहास छैन । फुट के का लागी भन्ने समेत पुष्टि गर्न नसक्नेहरुका पछाडी अव पनि जनता लाग्दछन् भन्ने कुरा एमालेको लामो समय नेतृत्वगरेको नेपालले सोच्नु भनेको अस्तित्वविहिन हुनुमात्र हो ।

के का लागी नयाँ पार्टी ? माधव नेपाललाई अध्यक्ष र प्रधानमन्त्री वनाउनका लागी ? माधव नेपाल अध्यक्ष र प्रधानमन्त्री हुदैमा देश र जनताले के पााँउछन् ? फेरि माधव नेतृत्वको सरकार र पार्टी संचालन नदेखेका जनता हुन र ?

जसको ढुलमुले विचारले नेपाललाई पश्चगमन भन्दा अगाडी लान सकेन, पार्टीलाई नै तेश्रो पार्टीको दर्जामा पुरयाए । यो नेपाली जनता र कार्यकर्तालाई राम्रो सँग अवगत छ ।

शक्ति र सत्ताको दम्भ कस्तो हुन्छ भन्ने एमालेको जननी सम्झने माधव नेपालको भुमिका लाई नजिकवाट नियाल्ने हो भने प्रष्ट हुन्छ ।

देश र पार्टीको नै नेतृत्व गरिसकेको नेता पुन सत्ता प्राप्तिका लागी यति धेरै विधि र पद्धतीका नाउँमा नाङ्गिन्छ भने राम राम भन्न सकिन्छ, काँध थाप्न सकिदैन ।

यसै पनि लामो समय नेपालको कम्युनिष्ट आन्दोलनका नेतृत्व गरेर सर्वश्रेष्ठ नेताको रुपमा आसिन हुने अवसरलाई समेत लात हान्दै आफु भन्दा अरुको विकल्प नदेख्ने सोचले माधव नेपालको अभिष्ट पुष्टि हुन्छ । देश र जनता के चाहन्छन भन्दा पनि आफु कसरी सत्तामा पुग्ने अभिलाषाले अवको दिनमा माधवको राजनितीमा ओरालो लाग्ने निश्चित छ ।

पार्टीभित्रको वैचारिक विभेद हुन्छ, सहमति असहमति हुन्छन् । विधी र प्रद्धती के का लागी हो भन्ने कुरा माधवको गतिविधीले प्रष्ट पारिदियो ।

घर जलाएर खरानीको व्यापार गर्न उद्यत माधव नेपाल नेपालको कम्युनिष्ट आन्दोलनलाई पश्चगमन तर्फ उन्मुखको सारथी वनिदियो । पार्टीभित्रको वैचारिक मतभेदलाई उठान गर्ने विषय सान्र्दभिक हुनेछ ।

तर आफ्नै पार्टीको अध्यक्ष एवं प्रधानमन्त्रीलाई सरकारवाट विस्थापित गरेर प्रतिगामी सिद्ध गरेर अग्रगमन कसरी गरेका छन्, आम जनताले नजिकवाट नियाली रहेका छन् ।

आफैँले १५ वर्षसम्म नेतृत्व गर्दा एमालेको हैसियत के थियो र ओलीले नेतृत्व गर्दा एमाले कहाँ पुग्यो, आम कार्यकर्ताले मुल्यांकन गरेका छन् । अतः माधवको विधि र पद्धतीको रोदन अव समाप्त भएको छ ।

व्यक्ति सधै सर्वेसर्वा वन्न सक्दैन, माधव नेपालको नेतृत्व क्षमता एमाले तेश्रो पार्टी वनेपछि नै सकिएको हो । त्यसपछिको माधवको रोदन भनेको फगत सत्ता प्राप्तिका लागी हो नकि देश र जनताको लागी । सधै आफु अनुकुलको व्याख्या भनेको छाँया जस्तै हो ।

जुन विलिन भएर जान्छ । कम्युनिष्टको यति राम्रो सत्ता संचालनको यति धेरै अवसरमा माधव नेपाल सारथी कहिल्यै वनेनन् । यसले पनि माधव नेपालको जनता र कार्यकर्ताको माझ ओझ घटाईदियो । ओली व्यक्ति होईन, एमाले हुन भन्ने सत्यतालाई अंगिकार गर्न नसकेका माधव नेपालको कम्युनिष्ट आन्दोलनको धमिरा हुन् ।

जसले देश र जनता र सिङ्गो एमाले पार्टीलाई हैन, आफुलाई मात्र केन्द्र भागमा राखेर हेरे । त्यसैको नतिजा हो, अहिलेको नयाँ पार्टीको गठन । व्यक्ति केन्द्रित राजनिती कर्कलोको पानी जस्तै हो । जसको कुनै भुमिका हुदैन, हावाको सानो वेगले नै अस्तित्वविहिन वनाईदिन्छ ।

अवसर पटक पटक प्राप्त हुँदैन । ओलीले पार्टीमा निरंकुशता लादे, आफनोलाई च्यापे, गर्नुसम्मको अपमान गरे, तर त्यसका लागी वैचारिक लडाई जायज हुन्थ्यो ।

संगठन र पार्टीमा लामो समय नेतृत्व गरेका नेपाल हारेर पनि अध्यक्ष चाहिने सोचले अन्तत आफनो ईतिहास नै कलंकित वनाए । किनकी देशले परिवर्तन खोज्दछ, जनताले विकास र समृद्धी, नकि कोही अध्यक्ष र प्रधानमन्त्री, त्यो त आवधिक मात्र हो । साधन मात्र हो, साध्य होईन ।

विधि र पद्धतीको नारा ओराल्ने माधव नेपालको नयाँ पार्टीको गठन सँगै ओरालो यात्रा शुरु भएको छ । व्यक्ति सधै सर्वेसर्वा वन्न सक्दैन, माधव पनि अपव्यय हुन सकेनन ।

पार्टीको सर्वोच्च पदमा पुग्नु आफैमा ठुलो कुरो हैन, तर त्यो पदको गरिमा र कार्यभार वहन कत्तिको गर्न सक्यो भन्नेले अर्थ राख्दछ, माधव नेपालको जीवनको उत्तरार्धतिर यो एकमात्र सत्यतालाई वुझन नसकेर गम्भिर गल्ति गरेका छन् ।

देश र समाज निर्माण गर्न हैन, जनताको जीवनस्तर र समृद्ध वनाउन हैन, केवल ओलीको तेजोवध गर्नका लागी गठन गरिएको पार्टी अन्तत केही समयमा नै विलिन हुने पक्का छ ।

पार्टीको निश्चित एजेष्डा र कार्यदिशा हुन्छ । नेकपा एकीकृत (समाजवादीको) को कार्ययोजना र दृष्टिकोण के त ? माधव नेपालको गोलमोल जवाफले अवको जनता आर्कषित हुन सक्दैन ।

अझै पनि ईतिहासलाई भिजाएर सत्ता र शक्तिमा पुग्दछु भन्ने माधवको सोच नै गलत छ । जुन गलत सोचले माधवको ईतिहासलाई धुमिल वनाईदियो ।

आफ्नै सरकार ढाल्नका लागी महागठवन्धन गरेका माधव नेपाल अन्तत सफल भएता पनि देश र जनताले के पाए ? माधव नेपालले जवाफ दिनुपर्दछ ।

हिजो ओलीले दल विभाजनमा अध्यादेश ल्याउदाँ प्रतिगमन देख्ने माधव नेपाल आज वीस प्रतिशतको अध्यादेशलाई अग्रगमन देखिरहेका छन् । आफुले गर्दा अग्रगमन र अरुले गर्दा प्रतिगमनको यो रापले माधव नेपालले अन्तत ओरालो यात्रातर्फ ईगित गरेको छ ।

विचार विनाको राजनिती क्षणिक हो, शक्ति र सत्ताका लागी नेपालका नेताहरु कतिसम्म गिर्न सक्दछन भन्ने फेहरिस्त धेरै छ । लामो समयसम्म नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान गरेको माधव नेपाल राजनैतिक जीवनको उत्तरार्धमा पार्टी नै गठन गरेर पदलिप्सा देखाउनु भनेको चरम लज्जावोध हो ।

जनतालाई सधै भेडा सम्झनेहरुले विगतको ईतिहासलाई मुल्यांकन नगर्नु भनेको कमजोरी हो । अन्तत माधव नेपाल नेपालको कम्युनिष्ट आन्दोलनको नेता रहेर स्थापित हुनुपर्नेमा कलंकित हुन पुगे, यो नै माधव नेपाल र कम्युनिष्ट आन्दोलनको लागी घातक हो ।@दैनिक नेपाल बाट

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु