रौतहट ९ भदौ ।
पत्रकार पक्राउ घटना पछि बाहिरीएको फोन सम्वाद तथा प्रहरी समेत मिलेर निर्दोष फसाउन खोजेको घटनामा रौतहटका प्रहरी प्रमुख लाई हेडक्वाटर बोलाइएको छ ।
एसपी शिद्घि बिक्रम शाह लाई हेडक्वाटर झिकाएको प्रदेश २ प्रहरी प्रधान कार्यालयले जनाएको छ ।उनी बुधवार काठमाण्डौ जाने भएका छन ।
सादा पोसाकमा खटिने प्रहरी घुमुवा सहित मिलेर पत्रकारलाइ फसाउन मोटरसाइकलमा लागुऔषध राखेको घटनाको छानविनगर्न प्रहरी प्रधान कार्यालयले समिती समेत बनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कृष्ण कुमार महतको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको छ।
साउन ३२ गते होटलमा खाजा खान बोलाएर रौतहट एक्सप्रेस अनलाइनका पत्रकार मो मोजुबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखिएको थियो । उनी निर्दोष देखिएपछि उनी रिहा भएका छन ।
रौतहटका प्रमुख एसपी शिद्धि विक्रम शाहले सोमवारको सम्मेलनमा पत्रकार महासघ रौतहटका सहसचिव सजय सहनीेले धिरज यादव र जितेशकुमार यादवलाइ प्रयोग गरी मोटरसाइकलमा लागुऔषध राख्न लगाएको बताएका थिए ।
लागूओषध राख्न सादा पोशाकका नेपाल प्रहरी का असइ उदय यादव र प्रहरीजवान मनोज साह समेत सलग्न रहेको सिसि टिभि फुटेजमा देखिएपिछ निलम्वन गरीएको छ ।
, आरोपित सहनी फरार रहेको , धिरज र जीतेश लाइ ६ दिनको म्याद थप गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आरोपी सहनी र एसपी शाहको पत्रकार पक्राउ घटना पछिको टेलिफोन सम्वाद समेत बाहीरीएको थियो ।