Monday, October 7, 2024

रौतहटका बिर्वासनीको मोतीहारीमा गोलीहानी हत्या

पछिल्लाे समाचार

रौतहट ५ भदौ /परोहा नपाको  बसन्तपट्टीटोल घर भएका एकव्यक्तिको भारतको मोतिहारी नजिकै हत्या भएको छ ।
तत्कालीन बसन्तपट्टी गाविस का अध्यक्ष जोगिन्द्र सहनीका छोरा अन्दाजी ४५ बर्षको बिर्वासनी भनिने बिन्दवासिनी  सहनीको हत्या भएको तस्बिर सार्वजनिक भएको छ  ।
शुक्रवार बिहान भारतको पूर्वी चम्पारण मोतिहारी जिल्लाको चम्पापुर बखरी  नजिकै बाइकमा यात्राा गरीरहेका सहनीलाइ  गोली हानी हत्या गरेको बताइएको छ  । उनको शव सडक किनारमा धान खेतमा भेटीएको छ ।

विभिन्न अपराधिक घटनामा संलग्न रहेको आरोपमा सहनी भारत बस्दै आएका थिए ।


सहनीको घाँटी, कन्चटमा गोली हानेर हत्या गरिएको छ । सहनीको शव संगै उनले प्रयोग गरेको मोटरसाइकल समेत बरामद भएको थियो ।
सहनी विगत बर्षौ अघि देखि नै  नेपालमा अपराधी कृयाकलाप मा सलग्न रहेको आरोपमा भारतमै बस्दै आएका थिए ।

पछिल्लो बर्षहरुमा प्रहरीको  खोजीको सुचीमा रहेका सहनीको हत्या भएको हो  । हत्या, अपहरण, फिरौती लगायतका  मुद्दा को आरोपमा  सहनी नेपाल भारत सिमा देखि २० किलोमिटर दक्षिण चम्पापुर बखरीमा लुकेर बस्दै आएका थिए  ।

द्घन्दकालमा नेपाल प्रहरीको सहयोगी ( घुमुवा) बनेर माओवादी समर्थक तथा कार्यकर्तालाई दुखदिने, हत्या समेत गर्न लगाएको आरोप उनी माथी  माओवादीले लगाएका थिए । सहनी लाई अदालतले २० बर्ष सजाय समेत सुनाएको थियो ।

घटनाको बारेमा नेपाल प्रहरीले शनिवार बिहान सम्म  केही बताएको छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु