Thursday, September 12, 2024

रौतहटको गौरमा ‘तपाईंको मास्क खै ?’ अभियान संचालनमा

पछिल्लाे समाचार

रौतहट,२३ श्रावन//
रौतहटको गौरमा कोरोना भाइरस नियन्त्रणका लागी प्रहरीले मास्क र सेनिटाइजर प्रयोगका लागी सचेजना कार्यक्रम गरेको छ।नेपाल मास्क अभियान अन्तर्गत ‘तपाईंको मास्क खै ?’ कार्यक्रमको आज (शनिवार) बिहान गौरको बिपी चोकमा सुरुआत गर्दै जिल्ला स्वास्थ्य कार्यालय तथा सुरक्षा निकायले निःशुल्क रुपमा सर्वसाधारणलाई मास्क वितरण गरेका छन् । प्रहरीले राजमार्गमा मास्क नलगाइ हिड्ने लाइ मास्क लगाउन सुझाउदै , भिडभाड नगर्न , स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेको छ ।

मास्कको प्रयोग नगर्नेहरुलाई स्वास्थ्य अध्यादेश बमोजिम हरेक पटक १०० रुपैयाँ जरिमाना गर्ने प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताएका छन् । गौरको बिपी चोकमा स्थानीयलाई मास्क वितरण गर्दै आइतबारदेखि मास्क नलगाएमा जरिमाना हुने प्रशासनले जानकारी दिएको छ ।सो कार्यक्रममा जिल्ला समन्वय समितिको अध्यक्ष श्री राम एकवाल राय यादव को अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, गौर न.पा.का. नगर प्रमुख अजय कुमार गुप्ता, प्रमुख सेनानी राजन दाहाल, जिल्ला प्रशासन कार्यालयका कार्यालय प्रमुख प्र.उ.शिद्धी विक्रम शाह, लगाएतको सहभागिता रहेको थियो
प्रहरीले “तपाईको मास्क खोई,मास्क र सेनिटाईजर प्रयोग गरौँ कोभिड-१९ बाट बचौँ, नेपाल मास्क अभियान” भन्ने जस्ता सन्देश मुलक प्लेकार्ड लिएर चौक क्षेत्रमा अभियान गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु