Thursday, September 12, 2024

रौतहटमा अनुमती नलिइ एसिड बिक्री

पछिल्लाे समाचार


रौतहट ५ भदौ //एसिड आक्रमणमा परेर चन्द्रपुर नपामा ३ जना पिडित छन । एक जनाको ज्यान गयो ।
तीनजना एसिडले पोलेको घाउको पीडा सहेर बाचिरहेका छन । चन्द्रपुर नपा को ४ र ६ नम्वर वडामा  ३ जना  एसिड पिडित छन ।
    चन्द्रपुरमा सुनचादी पसल संचालक दिपक बिकले श्रीमती दिपिका बिकलाइ घरायसी झगडा हुदा गएको जेठमा एसिड छ्याप्न खोजे, एसिड बोकेको भाडा  तानातान मा दिपिका को शरिरमा एसिड पर्यो उनी घाइते भइन ।उनको श्रीमान दिपकलाइ पनि एसिडले सामान्य पोल्यो ।
यस्तै दुइ बर्ष अघि चन्द्रपुर ६ मा दुइजना दिदी बहिनी एसिड आक्रमणमा परेका थिए । त्यस अघि चन्द्रपुर ६ कै ६० बर्षिय बृद्घ रामदेव महत्तो  माथी एसिड आक्रमण भएको थियो ।
महत्तो को दुवै आँखा गुमेको छ भने अनुहार पुरै डढेको छ । शरिरका अन्य भाग पनि एसिडले डढेको छ । उनी राम्ररी बोल्न सक्दैनन । २०६६ साल साउनमा घरमा सुतिरहेका महतो लाई के करणले कस्ले एसिड प्रहार गर्यो उनको परिवार अहिले सम्म अन्यौल छ ।
पिडित महतोका छोरा लक्ष्मण महतो  बुवाको अवस्था देखेर धेरै पीडा हुने बताउछन ।

यस्तै २०७५ भदौ १६ गते चन्द्रपुर ६ कि सुस्मिता र सम्झना दास लाई राति सुतिरहेको अवस्थामा एसिड छ्यापियो । छिमेकी रामबाबु पासवानले एसिड प्रहार गरेको आरोप छ ।आरोपी पासवान पुर्पक्षका लागि जेलमा छन ।
सम्झनाको उपचारको क्रममा घटनाको केही दिन पछि ज्यान गयो । सुस्मिता एसिडको दाग बोकेर भबिश्य खोजीरहेकी छिन । उनको हातमा दाग छ ।
उनी एसिड प्रहार गर्ने लाई हदै सम्मको कार्वाहि हुनुपर्ने बताउछीन ।
बिक र दास लाई एसिड प्रहार गर्ने पुर्पक्षका लागि थुनामा छन ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश,२०७७ ले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी वा बिक्री वितरण गर्न चाहने व्यक्तिले तोकिएको काार्यालय बाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । 
   तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपोसार वा बिक्री वितरण गर्दा पालना गर्नुपर्ने शर्त उल्लेख गरी  १५ दिनभित्र तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र प्रदान गर्नुपर्ने व्यवस्था  छ । 
मानव शरिरमा गम्भीर हानी, नोक्सानी पुर्याउन सक्ने एसिड  अनुमती बिना नै रौतहटमा बिक्रि भैरहेको पाइएको छ ।
रौतहट जिल्लामा एसिड बिक्री गर्न कुनै पनि बिक्रेतालाई अनुमति नदिइएको  रौतहटका सहायक जिल्ला अधिकारी वसन्त भण्डारीले बताएका छन ।
केही दुग्ध संकलन गर्ने डेरीहरु र  एउटा ब्याट्री उद्योग र दुईटा जति कारखानालाई मात्रै एसिड खरिद गर्ने स्वीकृति दिएकाे र अध्यादेश आएदेखि  कसैलाई पनि एसिड उत्पादन वा बिक्री गर्ने अनुमति नदिएको जिल्ला प्रशासन कार्यालय रौतहटका साहयक प्रमुख जिल्ला अधिकारी  भण्डारीले जानकारी दिए ।

बिना अनुमती जथाभावी रुपमा एसिड बिक्री गर्ने पसलको अनुगमन  गर्नुपर्ने बेला बेलामा आवाज  उठ्ने गरेको छ । उद्योग, प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कशप, धातुका गहना बनाउने वा अन्य कुनै फर्म, कम्पनि वा व्यक्तिले मात्र अनुमती लिएर एसिड  खरीद गर्न पाउने नियम छ ।

अध्यादेश बाट भएपनि एसिड आक्रमणकारीहरुलाइ सजाय हुने कानुन बनेको छ । बिक्रि बितरण कसरी भैरहेको छ अनुगमन  हुनुपर्ने, नागरीक पनि सचेत हुनुपर्ने एसिड पिडितहरुको न्यायको लागि आवाज उठाउदै आएका अभियान्ता उज्वल बिक्रम थापाले विभिन्न कार्यक्रमहरुमा आवाज उठाउदै आएका छन ।

रौतहट जिल्लामा केही हार्डवेयर पसल, व्याट्रीपसल, सुन पसलहरुमा अनुमती नलिइ एसिड राखिएको पाइन्छ । बजारमा एसिड बिक्रीबितरणको  अवस्थाको बारेमा अनुगमन हुनुपर्ने माग उठ्न थालेको छ ।

जथाभावी एसिड बिक्री गर्नेहरुलाइ नियम अनुसार कार्वाहि हुनुपर्ने समेत एसिड बाट पिडितका आफन्तहरुले धारणा राख्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु